काठमाडौं । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीको उजुरी तामेलिमा राखिएको छ ।
हाल नेपाल प्रहरीको मेट्रो प्रमुख रहेका ज्ञवालीविरुद्ध जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याएर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
ज्ञवाली प्रहरी महानिरीक्षकको दौडमा रहेका वेला उनिविरुद्ध नागरिकताको जन्ममिति फरक रहेको भन्दै प्रचारवाजी भएको थियो । ज्ञवालीलाई विवादमा तानेपछि सरकारले वसन्त कुवरलाई प्रहरी महानिरीक्षक बनाएको थियो ।
तर, अहिले अख्तियारले प्रहरी प्रधान कार्यालयलाई प्रारम्भिक छानबिन सम्पन्न भएको भन्दै उजुरी तामेलीमा राखिएको पत्र पठाएको छ ।