Logo
Logo

इजरायलद्वारा बेलायती महिलाको हत्यामा संलग्न तीन सङ्दिग्धको हत्या


एजेन्सी

756
Shares

जेरुसेलम । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा बिहीबार छापा मारेर बेलायती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारेको इजरायलले जनाएको छ ।

हत्यामा संलग्न दुई सङ्दिग्ध लडाकु समूह हमासका सदस्य र उनीहरूलाई सहयोग गरेको आरोपमा अर्को व्यक्ति सेना, प्रहरी र शिन बेट सुरक्षा सेवाको संयुक्त अपरेशनमा नाब्लसमा मारिएको बताइएको छ ।

यसले तीन जना मृतकलाई ‘लेआ, माइया र रिना डीका हत्यारा’को रूपमा पहिचान गरेको छ । जो अप्रिल ७ मा जोर्डन उपत्यकाको नजिकै आफ्नो गाडीमा भएको आक्रमण पछि ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्