काठमाडौं । लेखापालका रुपमा कार्यरत नेपाल प्रहरीका नायव निरीक्षक (सई) बिनोद विष्टलाई ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो ।
सइ बिष्ट जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत थिए । घुस लिनकै लागि उनी काठमाडौैं आएको प्रहरी स्रोत बताउँछ । यसअघि उनी नेपाल प्रहरी विद्यालय बेलचौतारा तनहुँमा कार्यरत थिए ।
भवन निर्माणको म्याद थप तथा भुक्तानी सजिलो बनाइदिन उनले घुस लिएका हुन् । बानेश्वरको हंगर हव रेष्टुरेन्टबाट उनी पक्राउ परेको अख्तियारले जनाएको छ ।
महोत्तरीमा एसपी प्रकाश मल्ल कार्यरत छन्। घुसकान्डमा अन्य प्रहरीको पनि संलग्नताको आशंका गरिएको छ ।