Logo
Logo

डब्लूएचओद्वारा कोभिड-१९ काे ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ सकिएको घोषणा


630
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अब कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गरेको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले शुक्रबार यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

डब्लूएचओले तीन वर्षअघि कोभिड–१९ लाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो । सन् २०२० को सुरुमै चीनको वुहानबाट फैलिएको कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण विश्वव्यापी डब्लूएचलेले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।
बीबीसीले उल्लेख गरेअनुसार डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले शुक्रबार भने, ‘ठूलो आशाका साथ म कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गर्दछु ।’

उनले बिहीबार आपत्कालीन कमिटीको १५औं बैठकले स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्न सिफारिस गरेको बताएका छन् । उनले भनेका छन्, ‘मैले त्यो सल्लाहलाई स्वीकार गरेँ । त्यसअनुसार ठूलो आशाको साथ म कोभिड १९ विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गर्दछु ।’ तर, उनले उच्च तहको खतरा सतर्कता हटाउनुको अर्थ जोखिम सकिएको भन्ने चाहिँ नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्