Logo
Logo

सम्पदा पुनर्निर्माणमा महानगरपालिकाको चासो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ मंसिर । भूकम्पको कारण क्षति भएको सम्पदाको पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ । वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनर्निर्माणको अवस्थामा रहेको छ ।
यसैबीच शनिबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको उद्घाटन गरे । यस विहारमा पनि विसं २०७२ को भूकम्पले क्षति पुगेको थियो । ठीक एक वर्षअघि पुनर्निर्माण शुरु गरिएको यस विहारको तोकिएको समयमै निर्माणकार्य सम्पन्न भएको हो । यस विहारको लागत रु ५० लाख रहेको छ ।
प्रमुख शाक्यले सत्तल, महाविहार, पाटी–पौवा, मन्दिर पुनर्निर्माण महानगरपालिकाको नीतिभित्रै रहेको बताउनुभयो । कामपाले नयाँ निर्माणलाई निषेध गरेको छ र पुनःनिर्माणलाई प्राथमिकता दिएको छ भन्दै उनले पुनर्निर्माण गर्नुपर्ने स्थानमा कामपा र स्थानीय गुठियारको पहलमा काम अघि बढाइएको बताए ।
कतिपय ठाउँमा गुठी संस्थान र पुरातत्व विभागले राम्रो समन्वय गर्न नसक्दा समस्या भए पनि निर्माणका लागि कामपासँग आर्थिक स्रोतको अभाव नभएको शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्