Logo
Logo

बानेश्वरमा दुर्घटनामा चिकित्सकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ मंसिर ।
काठमाडौंको नयाँबानेश्वरमा भएको दुर्घटनामा सिभिल हस्पिटलका चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ७२ वर्षीय प्रभु जोशी रहेको नयाँ बानेश्वर प्रहरी वृत्त तीनकुने जनाएको छ।

मर्निङ वाकमा रहेका बेला उनलाई गाडीले ठक्कर दिएको थियो ।
संघीय संसद भवनको १ नम्बर गेट अगाडी आइतबार बिहान ६ः१५ बजे दुर्घटना भएको हो । चिकित्सक जोशी सिभिल हस्पिटलभित्रै बस्दै आएको र मर्निङवाकका लागि निस्कँदा दुर्घटनामा परेको बानेश्वर वृत्तले जनाएको छ । दुर्घटनामा उनको टाउको क्षतविक्षत भएको थियो । ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उपत्यकामा थोरै मात्र सिसिटिभी हुँदा यस्ता हिठ एण्ड रनका घटना पत्ता लगाउन गाह्रो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्