नयाँ दिल्ली । भारतस्थित मध्यप्रदेशको खरगोनमा पुलको रेलिङ भत्काएर बस खोलामा खस्दा १७ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान ८:४० बजे बस ५० फिट अग्लो पुलबाट खसेको हो। दुर्घटनामा मत्यु भएका १७ जनामध्ये ३ बालबालिका र ६ महिला छन्।
बस डोङ्गारगाउँ र दसंगा बीचको बोराद खोलाको पुलको रेलिङ फुटाएर खोलामा खसेको हो। खोलामा पानी भने थिएन।
दुर्घटनाामा घाइते ३५ जनालाई अस्पताल लगिएको छ।