काठमाडौं । हिमालयन बैंक र महाराजगंजको नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ । बैंकले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा बिहीबारदेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको हो । बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैंकले प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका थिए । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।