काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रमाण बलियो बनाउने क्रममा प्रहरीले गृह मन्त्रालयका चालकहरूसँग पनि सोधपुछ गरेको छ । आर्थिक लेनदेनको सम्बन्धमा प्रहरीले पूर्वगृहमन्त्री खाण तथा इन्द्रजित राईका चालकरूलाई पनि सोधपुछ गरेको हो ।
बिचौलियाहरूसँग नगद नै पैसा नै लिएको र तथा गाडीमा राखेको कुरा पक्राउ परेका अभियुक्तको बयानका आधारमा चालकहरुलाई पनि त्यसविषयमा सोधपुछ गरिएको छ । एक प्रहरी, एक गृहका र एक सर्वसाधरण चालकसँग प्रहरीले बिहीबार सोधपुछ गरेको छ ।