Logo
Logo

चिसो बढ्यो, आज यो वर्षकै चिसो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ मंसिर । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बुधबार बढी चिसो महसुस गरिएको छ । आज देशभर चिसो बढेको छ । बुधबारको काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो ।
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम शुरु भएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ । चिसो बढ्ने क्रममा छ । ‘ यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । माइनसमा पुग्ने सम्भावना भने छैन्’ मौसमविद् श्रेष्ठले भन्नुभयो । अबको केही दिन तापक्रम घटबढ भइरहने छ ।
पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्रीमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्