Logo
Logo

विपदमा उद्धार सारथी बन्न सशस्त्र आइजिपी अर्यालको निर्देशन


1.1k
Shares


काठमाडौं । मनसुनजन्य विपद्मा सशस्त्र प्रहरी उद्धार सारथी भएर खटिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सवै युनिटहरुलाई यस प्रकारको तयारी गर्न निर्देशन दिएका हुन् ।


मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको उनको भनाई छ । जति धेरै पूर्व तयारी भयो त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार सारथी बन्न सकिने उनको भनाई छ ।


मुलुकमा आईपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्व तयारीका साथसाथै शारीरिक र मानसिक रुपमा समेत तयार रहन उनले निर्देशन दिएका छन् ।


विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउनसक्ने प्राकृतिक जोखिमलाई समेत उत्तिनै ध्यान दिएर भूगोल र प्रकोप अनुसार कुनै पनि समयमा जस्तो सुकै परिस्थितिमा परिचालन हुनसक्ने ढंगले लाग्नसमेत शिक्षालयलाई उनको निर्देशन छ । शिक्षालयमा हाल संचालन भइरहेका विपद् उद्धार, गोताखोरलगायतका तालिमलाई हुनसक्ने जोखिमको पूर्वानुमान गरेर सोही अनुसार परिमार्जन गर्दै लगिनेसमेत उनको भनाई छ ।


उद्धारको तयारीको लागि विशेष गरी पूर्वअभ्यास महत्वपूर्ण हुने भएकोले हाल सशस्त्र प्रहरी बलका देशभरिका युनिटहरुले सरोकारवाला अन्य निकायहरुको समेत सहकार्यमा तिब्रता दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । विपद्मा उद्धारका लागि सशस्त्र प्रहरीले देशैभरी महत्वपूर्ण भूमिका निभाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्