काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गुल्मीका सिडिओ सागरमणि पाठकको सरुवा भएको छ । बुधबार गृह मन्त्रालयले उनलाई हटाएको हो । उनी गत माघमा मात्र गुल्मी गएका थिए।
गृह मन्त्रालयमा शरणार्थीसम्बन्धि प्रतिवेदन कीर्ते हुँदा सिडिओ पाठक स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका प्रमुख थिए । सो प्रतिवेदन सोही शाखामा रहने गर्दछ । प्रतिवेदन कीर्तेमा उनको पनि संलग्नताको शंका गरी प्रहरीले सोधपुछ गरिसकेको छ । तर, संलग्नताको प्रष्ट प्रमाण भेटिएको छैन । यद्यपी सो प्रकरणमा शंकाको घेरामा परेपछि उनलाई हटाइएको स्रोत बताउँछ ।