Logo
Logo

उपत्यकामा दुई दिन जोर बिजोर प्रणाली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ मंसिर।
१३ औं दक्षिण एसियाली खेलकुल (साग)को बेला ट्राफिक व्यवस्थापन हसज गर्न भन्दै ट्राफिक प्रहरीले दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ।
मंसिर १५ गतेदेखि २४ गतेसम्म हुने सागको व्यवस्थापनका लागि भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ।

साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताए।

जसअनुसार साग उद्घाटनको दिन अर्थात १५ गते बिजोर नम्वरका सवारीसाधन मात्रै संचालन हुने छन् भने समापन हुने दिन २४ गते जोर नम्वर प्लेटका सवारीमात्र संचालन हुनेछन्।

त्यस्तै ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ। सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।
त्यस्तै हर्नको प्रयोग नगर्न र ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्न प्रहरीले आग्रह गरेको छ। सरकारी सवारी, मिडिया, एम्बुलेन्स लगायतलाई यो नियम लागू हुने छैन ।

प्रतिक्रिया दिनुहोस्