Logo
Logo

गाेकर्णेश्वरका वडा सचिव घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ मंसिर ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव (खरिदार) दिनेश बास्कोटा घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज वडा सचिव बास्कोटालाई घुसररिसवत वापतको २५ हजार रुपैयाँसहित गोकर्णेश्वर नगरपालिका वडा नं.(६ स्थित लक्षमीनारायण मन्दिरको परिसरबाट बुधबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्