Logo
Logo

एभरेष्ट बैंकमा ग्राहकको डेढ करोड ठगी, प्रबन्धकसहित नौ पक्राउ


25.1k
Shares


इटहरी । एभरेष्ट बैंकमा कर्मचारीकै मिलेमतोमा सर्वसाधरणको रकम ठगी भएको छ । इटहरी  शाखाबाट शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी प्रबन्धकसहित नौ जना पक्राउ परेका छन् ।


एभरेष्ट बैंक इटहरीका शाखा प्रबन्धक बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए। एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए।

पक्राउ पर्नेमा बैंकका अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर धावा लामा, कनिष्ट सहायकहरू भोजपुरका मनोज घिमिरे, इटहरीका देवराज घिमिरे, रन्जित पण्डित र टेलर पवित्रा कटवाल रहेका छन्। त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुरका अजय खिउजुलाई पनि पक्राउ परेका छन् । बैंकका कर्मचारीले बैंकको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरी कनेक्ट आइपीएसमार्फत् १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको एक करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम नक्कली चेकमार्फत् झिकेर हिनामिना गरेका हुन् । उनले बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एकसय ५० रुपैयाँ झिकेर हिनामिना गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्