एजेन्सी । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा मंगलबार हत्या गरिएको हो ।
अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । रिपोटर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पुर्याएको बताएका छन् ।
गैरसरकारी सञ्चार अधिकार समूहले उनको हत्या गरिएको घटनाबारे छानबीन गर्न र उभियुक्तलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन माग गरेको छ ।
सन् २००० यता मेक्सिकोमा १५० भन्दा बढी पत्रकारको हत्या भइसकेको छ । अधिकांश हत्याका घटनामा सजाय दिइएको छैन ।