विराटनगर । सशस्त्र प्रहरी बलको कोशी प्रदेशका डिआइजी अञ्जनी कुमार पोखरेलका कारण मातहतका प्रहरी समस्यामा परेका छन् । पोखरेलले स्थानीय तह तथा संघसंस्थासँग मागेर कार्यालय खर्च चलाउन निर्देशन दिएपछि केही अधिकृतले सरुवा माग्न थालेका छन् ।
पर्याप्त बजेट नभएपछि मागेर भएपनि इन्धन हाल्न उनको निर्देशन छ । खासगरी बिओपीमा यो समस्या देखिएको स्रोत बताउँछ । बिओपीले इन्धनमा मासिक आठ हजार पाउँछन् । जून १५ दिनलाई मात्र पुग्छ । बाँकी दिनलाई मागेर चलाउन उनले भनेका छन् ।
साथै आफु निकटलाई जोगाउने र अन्यलाई हचुवाका भरमा कारबाही गरेको आरोप पनि पोखरेलमाथि लागेको छ । कारबाही गरेर आफैं मिडियामा समाचार लेखाएर उनले संगठनको समेत बदनाम गराएको एक अधिकृत बताउँछन् । हालै स्याउ तस्करी प्रकरणमा झापाका डिएसपी र इन्सपेक्टरलाई कारबाही गरेको भनेर छानबिन नै पूरा नभई प्रचार गरेका थिए ।
को