Logo
Logo

पर्साका तीन घुस्याहा प्रहरी निलम्बित


37.9k
Shares


काठमाडौं । एउटा पत्र लेखिदिन सेवाग्राहीसँग एक लाख घुस मागेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षकसहित तीन जनालाई निलम्बनमा परेका हुन् ।


वरिष्ठ नायब निरीक्षक बसन्त भट्टराई र प्रहरी नायब निरीक्षक जगदिश ठाकुरलाई मंगलबार प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो । जवान महेश महतोलाई भने जिप्रका पर्साले सोमबार नै निलम्बन गरेको थियो ।


चेक बाउन्स(बैंकिङ कसुर)सम्बन्धि मुद्दाका जाहेरकर्ताले प्रतिवादी पक्राउका लागि इप्रका पोखरियालाई पत्राचार गरिदिन आग्रह गर्दा मुद्दा शाखाका उनीहरूले एक लाख घुस मागेका हुन् । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि पक्राउका लागि पोखरियालाई पत्राचार गराउन पटक पटक पीडित प्रहरी कार्यालय धाएका थिए । उनले पत्र लेखेपछि पैसा दिन्छु भनेकोमा प्रहरी अधिकारीले पैसा नदिई पत्र नलेख्ने अडान लिएको पीडितले बताएका छन् । पैसा मागेको अडियोसहित पीडितले उजुरी गरेपछि छानबिन सुरु भएको हो । उजुरी परेको दोस्रो दिन नै तीनै प्रहरीलाई निलम्बन गरिएको र यस्ता अन्य प्रहरी पनि निगरानीमा रहेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्