Logo
Logo

गुराँस लघुवित्त वित्तीयको चौथो साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिको चौथो वार्षिक साधारणसभा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा यही मंसिर १४ गते धनकुटामा सम्पन्न भयो । उक्त साधारणसभाले संचालक समितिको वार्षिक प्रतिवेदन, चुक्ता पूँजी ७ करोड ७५ लाखको ८.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओमप्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा निर्वाचित गरेको छ ।

हाल वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गतका १० जिल्ला कार्यक्षेत्र रहेकोमा ४ जिल्ला थप गरी प्रदेश नं. १ का सम्पूर्ण जिल्लाहरुमा कार्यक्रम विस्तार गर्ने गरी प्रदेश स्तरीय संस्था रहने निर्णय गरेको छ ।

संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत १२ हजार भन्दा बढी विपन्न वर्गका परिवारलाई रु.७० करोडभन्दा बढी कर्जा प्रवाह गरी रु.११ करोड भन्दा बढी बचत परिचालन गरेको छ । बोनस शेयर वितरणपश्चात वित्तीय संस्थाको चुक्ता पूँजीरु.८ करोड ३४ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्