Logo
Logo

सुन तस्करीमा नयाँ शैली देखियोः सिआइबी


14.5k
Shares


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सुन तस्करीको नयाँ घटना देखिएको र त्यसमा अनुसन्धान भइरहेको जनाएको छ । ब्यूरोले भन्सार कर्मचारीसहित चार जनालाई पक्राउ गरी यससम्बन्धि अनुसन्धान गरिरहेको छ ।


बिद्युतीय चुरोटभित्र लुकाएर सुन तस्करी भएको र यसमा भन्सार कर्मचारी, भन्सार एजेन्ट तथा दुई व्यापारीलाई पक्राउ गरिएको सिआइबीले सुनाएको छ । भन्सारका नासु रेवन्त खड्कासहितलाई ब्यूरोले पक्राउ गरेको हो । उनले सुनसहितको बिद्युतीय चुरोट रहेको सुटकेश साटफेर गरेर सुन तस्करीमा सघाएका थिए । यसबारे सिआइबीले आइतबार प्रेस बिज्ञप्ती प्रशाशन गरी यसमा अपराधिक विश्वासघात तथा अपराधिक लाभ कसुरमा अनुसन्धान भइरेहको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्