Logo
Logo

बिचौलियाको फन्दामा प्रधानमन्त्री


7.9k
Shares

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चोलेन्द्रशम्शेर राणाको कोटाबाट मन्त्री बन्न दौरा सुरुवाल सिलाएका विचौलिया दीपक तिमिल्सिना यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परिवारलाई अर्वौँ रुपैयाँ कमिसनको लोभ देखाएर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स फुत्काउने अन्तिम दौडमा छन् ।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा तिमिल्सिनाले प्रचण्ड परिवारलाई अर्वौँ कमिसन दिनुपर्छ भन्दै लगानीकर्ताहरुसँग ठूलो रकम जम्मा गरेका छन् ।

प्रलोभनमा परेका प्रचण्डले सुरुमा स्टकको लाइसेन्सबारे मौनता साँधेपनि एकाएक पुँजी बजारको ठूला ठूला सेटिङ भत्काएको भाषण गर्न भ्याए । प्रचण्डको त्यो भाषणको डिजाइनर तिमिल्सिना हुन् । जसले नेपाल धितोपत्र बोर्डमा नेशनल स्टक एक्सचेञ्ज नामको फाइल दर्ता गराएका छन् ।

मूल्यांकन समितिको मापदण्डअनुसार आफू प्रतिष्पर्धी हिमालयन रि भन्दा निकै पछि परेको सूचना पाएपछि तिमिल्सिनाले प्रचण्डमार्फत प्रक्रिया नै रद्ध गराएका छन् । र, उनलाई प्रचण्डसम्म पु¥याउने वातावरण भने जीवन आचार्यले तयार पारेका थिए । तिमिल्सिनाले प्रचण्डका ज्वाई जीवन आचार्य हुँदै गंगा दाहालमार्फत उक्त लाइसेन्स हात पार्ने प्रयास गरिरहेका छन् । लेनदेनको सम्पूर्ण जिम्मा ज्वाई आचार्यले विराटनगरमा बसेर गरेको स्रोतले बताएको छ ।

विचौलिया तिमिल्सिना आफैं स्टक एक्सचेञ्जका ठूला लगानीकर्ता भने होइनन् । उनी अदालत र अख्तियारमा सेटिङ मिलाउने बिचौलिया हुन् । तिमिल्सिनालाई अहिले एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको ‘ब्याकअप’ छ । कुनै बेला स्मार्ट सेलको सीईओ रहेका तिमिल्सिनाले युटिएल ब्युताउने महतोहरुको योजनालाई पनि सार्थक बनाइदिने प्रयास गरेका छन् ।

नेशनल स्टकमा उपेन्द्र महतोसहित जीवा लामिछाने, कान्तिपुर मिडिया ग्रुपका कैलाश शिरोहिया, मनोज केडिया लगायतका व्यापारीहरूको लगानी रहेको छ । एनआरएनहरुको लगानीको कम्पनी भनेर ब्राण्डिङ गरिएको कम्पनीको डिजाइनर भने तिमिल्सिना नै हुन् । उनले ‘लाइसेन्स हामीले पाउँछौं, नत्र कसैले पनि पाउँदैन’ भनेर लगानीकर्तालाई ढुक्क बनाएका छन् ।

केपीशर्मा ओलीलाई कन्भिन्स गरेर हिमालयन रिको लाइसेन्स लिएका दिपक भट्टले शेरबहादुर देउवा र जनार्दन शर्माको मात्रै कुरा सुन्ने भन्दै तिमिल्सिनाले प्रचण्डलाई उचालिरहेका छन् । पछिल्लो समय जनार्दन शर्मासँग महतोको राम्रो सम्बन्ध भएपनि प्रचण्डसँग बिग्रिएको छ । भट्टले प्रचण्डसँग भेट्ने समयसमेत नपाएको बालुवाटार स्रोतले बताएको छ ।

रिइन्स्योरेन्स कम्पनीको लाइसेन्सका लागि पनि आवेदन दिएर पछि परेका उपेन्द्र महतोहरू भने गतिलो एजेण्टको खोजीमा थिए । बिचौलिया तिमिल्सिनाले पनि अदालत र अख्तियार आफ्नो पकेटमा रहेको बताउँदै दिपक भट्टको साम्राज्य ढाल्ने ताकत आफुसँग मात्रै रहेको घमण्ड गरेका छन् ।

नयाँ स्टकको लाइसेन्सलाई प्रतिष्ठाको बिषय बनाएका उपेन्द्र महतोका भाई डा. वीरेन्द्र महतो अहिले प्रचण्ड क्याबिनेटमा मन्त्री छन् ।

तिमिल्सिनाको दिमाग र आफुहरुको स्रोत साधनका बलमा नयाँ स्टकको लाइसेन्स जसरी पनि हात लगाउने योजना महतोहरुले बनाएका छन् ।

उता, तिमिल्सिनाले एमाले अध्यक्ष ओलीसँग भेटेर प्रचण्ड र देउवाका बीचमा दूरी बढाउने गतिलो टुल्सका रुपमा स्टकको लाइसेन्सलाई उपयोग गर्न सकिने सुझाब दिएको स्रोत बताउँछ । उनले देउवा र प्रचण्डबीच फाटो ल्याउन आफुले भूमिका खेल्न सक्नेसमेत बताएका छन् ।

देउवाको चाहना दिपक भट्ट नेतृत्वको हिमालयन रिले लाइसेन्स पाओस भन्ने छ । त्यहि कम्पनीमा कांग्रेस निकट भनेर चिनिएका शेखर गोल्छा, राजेन्द्र खेतान, भवानी राणाहरूको लगानी छ ।

सुरुमा यसबारे खासै चासो नदिएका प्रचण्ड भने तिमिल्सिनाको प्रलोभनपछि नेशनल स्टकको पक्षमा लागेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्