Logo
Logo

बाठो बन्दा सचिव चिप्लिए


11.2k
Shares

काठमाडौं । दुई साताअघि दुई मन्त्रालयका सचिव फेरिए । गृह मन्त्रालयमा दिनेश भट्टराई तथा सहरी विकास मन्त्रालयमा रबिन्द्र श्रेष्ठलाई पठाइयो ।

गृह मन्त्रालयमा पहिलेदेखि नै सचिव सरुवा गर्ने तयारी थियो । जसमा भट्टराईले बाजी मारे । सहरी विकासमा भने सचिव हेरफेर हुने कुनै हल्ला थिएन । तर, मन्त्रालयमा कार्यरत सचिव सुरेश आचार्यलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेर केन्द्रमा कार्यरत रबिन्द्र श्रेष्ठलाई मन्त्रालयमा सरुवा गरियो ।

संघीय मामिला मन्त्रीमा नेपाली कांग्रेसकी नेतृ सीता गुरुङ छिन् । तेह्रथुमबाट चुनाव जितेकी उनले सचिव आचार्यलाई सुरुदेखि नै रुचाएकी थिइनन् । पूर्व नै घर भएका र कांग्रेस पृष्ठभूमिकै कर्मचारीका रुपमा आचार्य चिनिन्छन् । तर, पनि आकस्मिक रुपमा सरुवा हुनुका पछाडि उनको व्यवहार र कार्यशैली प्रमुख कारण रहेको बताइन्छ । कतिपय अवस्थामा उनले मन्त्रीलाई होच्याउने गर्दथे । विकास माग्न गएका काग्रेस नेताहरुलाई ‘मन्त्री त कहिले हट्ने हो, हामी कर्मचारी स्थायी हौं, हामीसँगै कुरा गर्नाेस्’ भनेर धाक दिने गर्दथे ।

सचिव आचार्यको यस्तो कार्यशैलीप्रति मन्त्री गुरुङ रुष्ट थिइन् । त्यही कारण थाहै नदिई उनले आचार्यलाई हटाएको स्रोत बताउँछ । मन्त्रालयका एक कर्मचारी भन्छन्,‘बढी बाठो हुन खोज्दा उहाँ चिप्लिनुभएछ ।’

प्रतिक्रिया दिनुहोस्