Logo
Logo

काठमाडौंमा आठ घरमा चोरी गर्ने समूह प्रहरी फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ मंसिर ।
काठमाडौमा कम्तीमा आठ घरमा चोरी गर्ने समूह समातिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलिले चार जनालाई पक्राउ गरेको हो ।


नुवाकोटका भुवन नेपाली, रोज परियार, सिन्धुपाल्चोकका सुवास खड्का र झापाका ख्यामराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट चोरीको ५७ हजार पाँच सय नगद, सुनको नेकलेस र फलामको छिनो बरामद गरेको छ । पक्राउ परेकाहरुले आठ घरमा चोरी गरेको भनेर स्वीकारेको महाराजगञ्ज वृत्तका डिएसपी उमेश लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्