Logo
Logo

अर्का प्रहरी घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ मंसिर ।
पछिल्लो समय घुससहित प्रहरी पक्राउ गर्ने क्रम बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक (असई) लाई सात हजार घुस रकमसहित पक्राउ गरेको छ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले जिप्रका मोरङमा कार्यरत असई श्यामकुमार दाहाललाई सात हजार घुससहित पक्राउ गरेको हो।

असई दाहालले सामान ओसापोसर गर्ने भ्यानलाई खाद्य सामग्री ओसापोसारमा सहज बनाद्यदिने भन्दै घुस रकम माग गर्ने र दुःख दिने गरेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
तीन दिनअघि धनुषामा कार्यरत ट्राफिकका असई नवीनकिशोर झा एक हजार घुससहित पक्राउ परेका थिए ।
गत १३ मंसिरमा ठगी मुद्दा मिलाइदिने भन्दै पैसा माग्ने सर्लाहीका इन्सपेक्टर रामकिशोर शाह ५० हजार घुससहित पक्राउ परेका थिए । १० गते बाराका सई जटाशंकर कलवारविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्