Logo
Logo

क्याप्टेन लामाको अनुभव सुनेपछि एयर होस्टेज बन्न चाहाने किशोरीहरू उत्साहित


3.8k
Shares

काठमाडौं । क्याप्टेन बिजय लामाको हवाई उड्यन क्षेत्रका अनुभव र करियरबारेको सेमिनारमा सहभागी एयर होस्टेज पढन चाहाने किशोरीहरू उत्साहित बनेका छन् ।

शनिबार नेपाल हाउसको सभा हल बालुवाटारमा नेपाल एअरहोस्टेज एकेडेमीले आयोजना गरेको निःशुल्क सेमिनार कार्यक्रममा बोल्दै क्याप्टेन लामाले सहभागीहरुलाई आफ्नो अनुभव सुनाएका थिए । उक्त कार्यक्रममा कोरीयोग्राफर रोजिन शाक्यद्धारा व्यक्तित्व विकासको तालिम दिएका थिए भने एकेडेमीका चीफ इन्टक्टर निता थापाको पनि सहभागिता रहेको थियो ।

करिब ७० जना किशोरीहरुमाझ क्याप्टेन बिजय लामाले आफ्नो हवाई उडानको अनुभव सुनाएका थिए । उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘जीवनमा डर हुनु पर्छ तर डर कै भरले जीवनलाई सहज बनाउनु पर्छ’ ।

करिब २ घण्टा सम्म चलेको सेमिनारमा क्याप्टेन बिजय लामाको साथै चलचित्र ‘अन्तिम संस्कार’को टिम पनि सहभागी रहेको थियो । उक्त चलचित्रमा लामा पनि प्रमुख भूमिकामा रहेका छन । सेमिनारको अन्त्यमा सो टिमलाई नेपाल एअरहोस्टेज एकेडेमीको तर्फबाट एकेटेमीका सञ्चालक रेजिना तुलाधरले मायाको चिनो पनि प्रदान गरेका थिए ।

नेपाल एयर होस्टेज एकेडेमी विगत १० वर्ष देखि काठमाडौंमा रहेर उत्कृष्ट तालिम दिइ रहेको छ भने सयौंका सख्यामा युवा युवतीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कंपनीमा रोजगारी प्रदान गरि सकेको छ । दश जोड दुइ अध्ययनरत युवा तथा युवतीले यो विषयमा ५ महिना अध्ययन गरेर रोजगारीको लागि आवेदन दिन सक्नेछन ।

कार्यक्रममा एयरहोस्टेज अध्ययन गर्न चाहाने किशोरीहरूले सेमिनारले आफुहरूलाई हवाईउड्यन क्षेत्रको महत्वबारे महत्वपूर्ण सिकाइ भएको बताएका छन्। सेमिनारले युथहरुलाई नेपालमै अवसरहरुको खोजि गर्ने उत्साह पैदा गरेको उनीहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्