Logo
Logo

ग्लोबल र जनताको बिग मर्जर, बैंकिङ क्षेत्रमा तरंग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाण्डौ, २० मंसिर ।
ग्लोबल आईएमई र जनता बैंक मर्जरसँगै शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार बिग मर्जरको औपचारिक शुभारम्भ गरेका छन् । मर्जसँगै ग्लोबल देशको सबैभन्दा ठूलो बैंक बनेको छ ।


शुक्रबार बिहान भएको कार्यक्रममा मन्त्री खतिवडाले ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणासँगै एकीकृत कारोबार सुरु भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकलाई आपसमा गाभ्ने नीति लिएसँगै ‘क’ वर्गका यी दुई बैंक आपसमा गाभिएका हुन् । दुई वाणिज्य बैंक गाभिएपछि अब ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा झरेको छ ।

दुईवटा बैंक गाभिएसँगै ग्लोबल आइएमई बैंक देशकै ठूलो वाणिज्य बैंक बनेको छ । ग्लोबल आईएमई २० अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउने पहिलो बैंक हो ।
मर्जरपछि बैंकमा १ खर्ब २५ अर्ब निक्षेप पुगेको छ भने कर्जा प्रवाह करिब १ खर्ब रूपैयाँ बराबर भएको छ । तीन सय शाखा र २५९ एटीएम रहेको बैंकले जनाएको छ । बैंकका अनुसार कुल ग्राहक संख्या पनि २० लाख नाघ्नेछन् ।
जनतासँग मर्जअघि ग्लोबलले वाणिज्य बैंक कमर्ज एन्ड ट्रष्टसहित ११ संस्था मिसाइसकेको छ । यस्तै, जनता बैंकमा पनि ७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी मिसिएका छन् । जसअनुसार ग्लोबल आईएमई बैंकमा १८ संस्था समाहित भएका छन् ।
मर्जरपछि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री एकीकृत बैंकको सीईओ र ग्लोबल आईएमईकै अध्यक्ष चन्द्रप्रसाद ढकाल एकीकृत बैंकको अध्यक्ष हुने भएका छन् । हरेक दृष्टिकोणले बैंकले पहिलो बैंक बनाउने आफुहरुको उदेश्य रहेको ढकालले बताएका छन् ।
यो मर्जले बैंकिङ क्षेत्रमा तरंग उत्पन्न भएको छ । अन्य बैंकहरुले दबाब महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्