काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विन्दबासिनी कंसाकार महिला तथा सामाजिक समितिको सदस्यमा मनोनयन भएका छिन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले उनलाई समितिको सदस्यमा मनोनयन गरेको हो । रास्वपाका ढाकाकुमार श्रेष्ठ कारबाहीमा परी पदमुक्त भएपछि उनी समानुपातिकबाट संसद बनेका थिए । कंसाकार एसिडपीडित महिला हुन् ।