Logo
Logo

महेश्वर कसरी जोगिए ?


24.9k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाहरुले उच्चपदस्थलाई पैसा बुझाएको पोल खोले । तर, पैसा बुझाएका भनिएकामध्ये एक व्यक्तिको नाम भने रहस्यमय रुपमा सरकारी फाइलबाट गायब भएको छ ।

पूर्वगृहसचिव महेश्वर न्यौपानेको नाम गायब भएको हो । स्रोतका अनुसार बिचौलिया सानु भण्डारीले न्यौपानेलाई करिब ५० लाख रुपैयाँ दिएको बताएका थिए । तर, बयानका क्रममा न्यौपानेको नाम छुटेको छ । यसमा केही प्रहरी र जिल्ला वकिलको चलखेल रहेको आशंका गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपाने महेश्वरका निकटस्थ भएकाले उनले पनि चलखेल गरेको बताइन्छ ।

यद्यपि, प्रहरीले दोस्रो चरणको अनुसन्धानमा न्यौपानको नाम पनि नोटमा राखेको छ । उनले मागेरै बिचौलियासँग पैसा लिएको अनुसन्धानमा देखिएको छ । भण्डारीलाई बोलाएर ‘के हो करोड–करोड बाड्दै हिड्नुभएको छ रे ?’ भन्दै घुमाउरो शैलीमा पैसा मागेका थिए । मन्त्रालयमै लगेर उनलाई पैसा बुझाएको भण्डारीले बताएका थिए ।

पूर्वसचिव न्यौपाने अकुत सम्पत्ति भएका कर्मचारी मानिन्छन् । उनले स्रोत नखुलेको पैसाबाट बालुवाटारमा घरजग्गा जोडेका छन् । अमित श्रेष्ठले भन्ने विचौलियाको कम्पनीमा उनको लगानी भएको स्रोतले बताएको छ । अवकाशपछि पनि नियुक्तिका लागि उनको चलखेल जारी छ ।

प्रतिक्रिया दिनुहोस्