Logo
Logo

राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग


1k
Shares

काठमाडौं । सांसद अब्दुल खानले राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृति, रीतिरिवाज अनुसार लगाइएका श्रृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खानले संस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार पुछ्नुपर्ने र पोशाक लगाउन नपाउने नियमले आमनागरिक राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई बहिस्कार गरिरहेको भन्दै यस्ता प्रावधान हटाउन माग गरे ।

‘आफ्नो संस्कृतिअनुसार महिलाले लगाएको सिन्दुर पुछ्नुपर्ने, दोपट्टा टाउकोबाट हटाउनुपर्ने, कन्ठी फुकाल्नुपर्ने र टीका पुछ्नुपर्ने नियमले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले बहिस्कार गरेका छन्,’ उनले भने, ‘यस्तो बाध्यकारी नियम हटाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
 

प्रतिक्रिया दिनुहोस्