Logo
Logo

हार्वड विश्वविद्यालयमा मानव अङ्गको ब्यापार


819
Shares

एजेन्सी । अमेरिकाको प्रतिष्ठित हार्वड विश्वविद्यालयमा मानव अङ्गको ब्यापार हुने गरेको खुलासा भएको छ । बीबीसीको रिपोर्ट अनुसार त्यहाँका एक कर्मचारी दम्पतीले शवका अंग चोरेर किनबेच गर्ने गरेको खुलासा भएको हो ।

शव गृहका प्रबन्धक रहेका सेड्रिक लज नामका व्यक्तिले आफ्नी श्रीमती डेनिससँग मिलेर अमेरिकाभरबाट दानमा त्यहाँ ल्याइएका शवका अङ्गहरू चोरेर बेच्ने गर्दथे ।

रिपोर्टका अनुसार उनीहरूले प्रायः शवको टाउको, हड्डी, छाला र मासु निकालेर बेच्ने गरेका थिए । ती अंगहररूबाट खेलौना पुतली, औषधि बनाउन, अवैध अनुसन्धानमा प्रयोग गर्न र शौखका रूपमा आफ्नो घरमा सजाउन प्रयोग गरेको पाइएको छ ।

दुवैमाथि अनुसन्धान भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यसका लागि उनलाई १५ वर्षको जेल सजाय हुन सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्