काठमाडौं । धरान उपमहानगरपालिकामा पनि आजबाट हिन्दी फिल्म प्रदर्शनमा रोक लगाइएको छ । भारतीय चलचित्र ‘आदिपुरुष’ को संवादलाई लिएर धरानमा पनि हिन्दी फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक भिडियो क्लिप जारी गर्दै आज (सोमबार)बाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो देशको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौमसत्तामा आँच आउने कुनैपनि अभिव्यक्ति हामीलाई सह्य छैन । त्यसैले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा जानकी भारतीय छोरी हुन भन्ने आपत्तिजनक शब्द नसच्चिएसम्म धरानका सिनेमा हलहरुमा कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाईएको ब्योहोरा जानकारी गराउँछु ।’