काठमाडौं । आज विश्व सङ्गीत दिवस मनाइँदैछ । पहिलोपटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ ।
अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।
सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।
बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि बिनायोसम्म मौलिकता थप्ने बाजाहरू छन् ।
सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाण्डौमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।