Logo
Logo

टाइटानिकको खोजीमा गएका पाँचै जनाको मृत्यु


एजेन्सी

2.7k
Shares

बोस्टन । टाइटानिक जहाजको भग्नावशेष नजिकै हराएको पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको अमेरिकी तटरक्षक बलले जनाएको छ । चार दिनअघि उत्तरी एटलान्टिक महासागरमा यो सानो पर्यटकीय जहाज (पनडुब्बी) हराएपछि विश्वलाई मोहित पार्ने बहुराष्ट्रिय खोज तथा उद्धार अभियानको अन्त्य भएको छ ।

रियर एडमिरल जोन मौगरले बोस्टनमा पत्रकारहरूसँग भने, ‘विश्लेषणले टाइटानिक जहाजको धनुषबाट १,६०० फिट (५०० मिटर) टाढा समुद्री सतहमा फेला परेको मलबेलाई पनडुब्बीको ‘प्रेसर चेम्बर’ को दुर्घटनासँग मिल्दोजुल्दो देखाएको छ ।’
उनले थपे, ‘संयुक्त राज्य अमेरिकाको तटरक्षक बल र सम्पूर्ण एकीकृत कमाण्डको तर्फबाट, म परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

जहाजमा बेलायती अन्वेषक हामिश हार्डिङ, फ्रान्सेली पनडुब्बी विशेषज्ञ पल हेनरी नार्गोलेट, पाकिस्तानी–बेलायती टाइकून शाहाजादा दाउद र उनका छोरा सुलेमान तथा पनडुब्बीको अपरेटर ओसनगेट एक्सपिडिसन्सका कार्यकारी प्रमुख स्टकटन रश थिए । ओसियनगेटले भनेको छ, ‘यस दुःखद घडीमा यी पाँच आत्मा र उनीहरूका परिवारका हरेक सदस्यप्रति हामी समवेदना व्यक्त गर्दछौँ ।’

‘यी व्यक्तिहरू साँचो अन्वेषकहरू थिए जसले साहसिक कार्यको अग्रता लिए र विश्वका महासागरहरूको अन्वेषण र संरक्षणको लागि गहिरो चाहना गरका थिए’ ओसिएनगेटले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पानीमुनिको रोबोट ‘मलबेको क्षेत्र’ अर्थात् टाइटानिकको भग्नावशेष क्षेत्रमा पुगेको तटरक्षक बलले बिहीबार जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्