Logo
Logo

नेकपाको आज स्थायी समिति बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ मंसिर । करिब एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दै छ । नेकपाको लामो समयदेखि स्थायी समिति बैठक बस्न सकेको थिएन । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन–तीन महिनामा बस्नु पर्नेछ । तर, एक वर्षयता स्थायी बैठक बसेको थिएन ।
सचिवालय बैठकपछि आज दिउँसो १ बजे स्थायी कमिटि बैठक बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । सचिवालय बैठक भने बिहान साढे नौ बजे सुरु भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीको स्थायी समिति बैठकका लागि सुरु भएको थियो । गत २३ मंसिरमा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्