Logo
Logo

ठेकदारको आवरणमा भेटिए हत्याका अभियुक्त, १५ वर्षपछि सिआईबीकाे फन्दामा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २९ मंसिर ।
१५ वर्षअघिको हत्याका दुई अभियुक्त पक्राउ परेका छन् । २०६१ साल बैशाख २६ गते नुवाकोट तार्केश्वर गाउँपालिका वडा नं. ५ बस्ने वाङ्देन लामाको छोरो बर्ष १५ को लैलु लामालाई हत्या गर्ने दुई जनालाई सिआईबीले शनिबार पक्राउ गरेको हो ।


कर्छिन्टे स्थित फ्याङबो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा राती नौ बजेको समयमा साविक गोर्स्याङ गा.वि.स.८ हाल तार्केश्वर गाउँपालिका वडा नं. ५ बस्ने सन्त बहादुर तामाङ्ग र केशब लामा समेत ४ जनाले दुई गाउँबीचको झगडाको विषयलाई लिएर कुटपिट गरी गम्भिर घाईते बनाएकोमा उपचारको क्रममा तीन दिनपछि त्रिशुली अस्पतालमा लैलुको मृत्यु भएको थियो । घटना प्रतिवादीहरु सन्त बहादुर तामाङ्गलाई काठमाण्डौं नागार्जुन न.पा.वडा नं. २ नाम्गेल चोकबाट र केशब लामालाई जिल्ला काठमाण्डौं का.म.न.पा. १७ ढल्कुबाट प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको विशेष टोलिले पक्राउ गरेको हो । उनीहरुलाई नुवाकोट बुझाइएको सिआईबीका एसपी बेलहादुर पाण्डेले बताए ।
पछिल्लो समय उनीहरु डन्डी र फर्माको ठेकदार बनेर काठमाडौंमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्