Logo
Logo

दिल्ली लैजानु पर्ने बिमान जयपुर लगेर पाइलट हिडेपछि…


945
Shares

नयाँ दिल्ली । दिल्ली लैजानु पर्ने बिमान जयपुर लगेर डयुटी सकिएको भन्दै पाइलट हिडे पछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन् ।

लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबीका कारण जयपुरमा अवतरण गराइएको थियो । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिडे पछि उडानमा सवार यात्रुहरु जयपुर विमानस्थलमा ६ घण्टासम्म अलपत्र परेका थिए ।

दिल्लीको खराब मौसमका कारण आइतवार ३ अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो।

एयर इन्डियाको उडान एआई–११२ लण्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो । खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो ।

उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुले सास्ती खेप्नुपरे पछि स्थीति तनावग्रस्त बन्न पुगेको थियो । आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी गरेका थिए ।

यात्रुहरुको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरुलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्