Logo
Logo

कुमारी स्मार्ट मोबाइल बैंकिङको आकर्षक योजना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्ना ग्राहक वर्गलाई लक्षित गरी विभिन्न योजना ल्याएको छ । यस योजनाअन्तर्गत कुमारी बैंकका मोबाइल बैंकिङ ग्राहकहरुले (कुमारी स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन) प्रयोग गरी निम्न योजनाहरुमा सहभागी भई यस अवसरको फाइदा लिनसक्ने छन् ।

१०० मा १०० योजनाअन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाइल बैंकिङबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुनेछ तथा यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङको प्रयोग गरेको हुनुपर्नेछ । स्क्यान एन्ड पे– योजनाअन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाइल बैंकिङ प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा दैनिक आधिक्तम रु १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना फागुन १७ गतेसम्मका लागि लागू हुनेछ ।

कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै– पानी, बिजुली, सारथीको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ । आफूलाई समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शाउन सफल कुमारी बैंकले आफ्ना देशभर रहेका ११६ शाखा सञ्जाल, १११ एटिएम, पाँच एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा सेवाहरु दिँदै आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्