Logo
Logo

प्रभु महालक्ष्मी लाइफले मर्जरपछि १५ नयाँ बिमा योजना ल्याउने


378
Shares

काठमाडौं । प्रमु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जर भएर एकीकृत कारोबार गर्नुपूर्व नै विभिन्न बिमा योजना सार्वजनिक गरेका छन् । असारभित्रै मर्जर भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नाममा एकीकृत कारोबार गर्ने दाबीसहित दुवै कम्पनीले संयुक्तरूपमा नयाँ बिमा योजनाहरू घोषणा गरेका हुन् ।

एकीकृत कारोबारपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बजारमा बिक्रीका लागि ल्याउने बिमा योजनाहरू (प्रोडक्ट) छनोट गर्नु आवश्यक रहेकाले नयाँ योजना सार्वजनिक गरेको जनाइएको छ । दुवै कम्पनीका विज्ञ कर्मचारीहरूको अध्ययन विश्लेषणपछि साउन १ गतेबाट बिक्री–वितरणका लागि १५ वटा बिमा योजनाहरू (प्रोडक्ट) छनोट भएको दुवै कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेपाल बिमा प्राधिकरणबाट एकीकृत कारोबारपछि प्रचलनमा ल्याउन उक्त योजनाहरू स्वीकृतिसमेत प्राप्त भइसकेको जनाइएको छ ।

नेपाली जनमानसको आवश्यकता, बिमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधालाई समेत विचार गरी १५ वटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ । प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसार्इं र महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार स्वीकृत बिमा योजनाहरूमा सुपर सुरक्षित बिमा, समृद्ध जीवन बिमा, चामत्कारिक हेरचाह बिमा, लोकप्रिय धन फिर्ता बिमा, स्मार्ट प्लस बिमा, बम्पर श्रीवृद्धि बिमा रहेका छन् । त्यस्तै, गज्जबको लगानी फिर्ता बिमा, डबल धमाका बिमा, सबैको जीवन बिमा, सर्वश्रेष्ठ आजीवन बिमा, सुनौलो किरण बिमा, वैभव जीवन बिमा, जीवन उन्नति बिमा, लगानी फिर्ता बिमा र निर्धक्क जीवन बिमा योजनाहरू जारी गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्