Logo
Logo

नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकको पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा सुरु भएको छ । बैठकको दोस्रो दिन आज सोमबार अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल हुनेछ । जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्नेछन् ।
आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार गरेको प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गर्दै सरकार र पार्टी कामलाई प्रभावकारी बनाउन जोड दिएका थिए । प्रतिवेदनमा राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारका कामकारवाही र उपनिर्वाचनको समीक्षा, यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन र पार्टीको आगामी कार्ययोजनासम्बन्धी विषय उल्लेख छ ।
बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्