काठमाडौं । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘अल्लारे जोवन’ बोलको गीतमा आयुष प्रधानको स्वर शब्द र संगीत रहेको छ ।
लिरिकल गीतमा चलचित्रका मुख्य पात्र भुवनसिंह राई र सारा लोहोरुङ राईको मायाप्रितिका केही दृश्यहरु समावेश गरिएको छ । चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सन्जिव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टिआर साम्सोहाङ सहनिर्माता रहेका छन् ।
पूर्वमा छायाँकन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवनसिंह राई, सारा लोहोरुङ राई, भीम शेर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिपजंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतको अभिनय रहेको छ ।
भुमिसा प्रोडक्सनसँगै इस्टन मिडियाको सहकार्य रहेको चलचित्र ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेशपायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान र निमा तामाङको गायन रहेको छ ।