काठमाडौं । खेतीकिसानीको नेपाली जीवनशैलीमा असार महिनाको विशेष महत्व हुने गर्दछ ।
असार लागेपछि नै किसानहरूलाई असारको पन्ध्र हुन्छ । अर्थात् कामको चापले एकछिन पनि फुर्सद मिल्दैन । यही महिनामा वर्षभरिका लागि छाक जुटाउने मेलोमेसो सुरु हुन्छ ।
धान रोपाइँको व्यस्ततामा ‘मानु खाई मुरी उब्जाउने’ सूक्तिको चरितार्थ हुने गर्छ । त्यसै जीवन रक्षाका निम्ति नयाँ अन्नबालीको खेती गरिने यो बेलामा सामाजिक जीवनकै झाँकी प्रदर्शित हुन्छ । असारे भाकामा रोपाइँ जात्राको सुरुवात हुन्छ ।
हाम्रो लोकलयको अर्को अलग मौलिक आत्माका रूपमा असारे लोकगीतको परम्परा रहँदै आएको छ । यसकारण पनि असार महिनालाई अन्नबालीको सह राख्ने सहकालको महिनाका रूपमा लिइन्छ ।
खेतीपातीको चटारोसँगै असारे गीतको झटारोले वातावरणलाई संगीतमय पर्दछ । काम तमामको मेलामै स्वस्थ मनोरञ्जनको नयाँ अध्याय थपिन्छ । वास्तवमा यस्ता गीतहरूले जीवन भोगाइका कटुयथार्थलाई राम्ररी प्रतिबिम्बित गरेका हुन्छन् । रोपाइँका बेला गाइने भएकाले यस्ता गीतहरू महत्वपूर्ण कर्मगीत वा श्रमगीतका रूपमा प्रसिद्ध छ ।
छङ्छङ् बगेको वर्षे भेल, खोल्साखाल्सी सुसाएर निस्केको आवाज, छहरा पहराको हरियालीले रोपाइँको समय सम्झाउँछ। असारे भाका ठाउँ र समुदायअनुसार फरकफरक लयमा गाइने भए पनि सबै गीतले किसानको मर्म पोख्छ।
१. रिमी र झिमी पानी है पर्यो
२. लाग्यो असार
४. असार पो लगेछ
५. के छ खबर कालिको
७. गीत दबदबे हिलो