काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले पदबाट राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खनालले पदबाट राजीनामा दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘क्रीकेट संघका अध्यक्ष चन्दको खेल र खेलाडीको मात्र नभई व्यवस्थापनमा बलमिच्याइ, सबै बिषयमा पार्टीबाट वा हाल प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउने, र काम गर्न नमिलेपछि साशकिय शैलीमा बर्खास्तीको धम्की दिने बानि रहेको हुदा मैले यो दास मानसिकतामा काम गर्न नसकिने र दिउँसै रक्सि खाएर कार्यालयमा आएर अभद्र गाली गलौज गरेको हुँदा हुँदा राजिनामा दिएको हुँ ।’
२०७९ को वैशाखदेखि क्यानको महाप्रबन्धक नियुक्त भएका खनालले पदाधिकारीसँगको विवादपछि इमेलमार्फत् राजीनामा पत्र पठाएका थिए । क्यानका अध्यक्ष चन्दका अनुसार महाप्रबन्धक खनालको राजीनामा स्वीकृत भइसकेको छ ।