काठमाडौं, १ पुस । उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड टे«ेडमार्क चोरीमा समेत मुछिएको तथ्य खुलेको छ । राज्यमन्त्री दुगडले भारतीय कम्पनीको कुरकुरे ब्रान्डको ट्रेडमार्क नेपालमा दर्ता गरेका छन् । तर, भारतीय कम्पनीले कुरकुरे ब्रान्ड उत्पादनको अनुमति पेप्सीकोलाको उत्पादक बरुण बेभरेजलाई दिएको छ । बरुण बेभरेज उद्योग विभागमा कुरकुरे ब्रान्डको ट्रेडमार्क दर्ता गर्न जाँदा दुगडले पहिले नै दर्ता गरेको भेटे । यसरी भारतीय कम्पनीको उत्पादन कुरकुरेको ट्रेडमार्क दुगडले अनधिकृत रुपमा दर्ता गरी उत्पादन गरेपछि उद्योग विभागमा मुद्दा प¥यो । साम दाम सबै प्रयोग गरी अनधिकृत दर्ता गरेका दुगडलाई जिताइयो । पुनः सर्वोच्च अदालतमा मुद्दा प¥यो । त्यसमा पनि चौतर्फी दबाब र प्रभावमा पारी दुगडले नै मुद्दा जिते । टे«डमार्क चोरी गर्नेको पक्षमा अदालतले आदेश दियो । सक्कली कुरकुरेले नेपालमा लगानी गर्न चाहे पनि अदालतको फैसलाका कारण असंभव भएको छ । यसरी बलात् ट्रेडमार्क चोरी गर्ने काम राज्यमन्त्रीले गरेको पाइएको छ । मुद्दापछि पेप्सीसँग शुभलाभ गरेर दुगडले कुरकुरे ब्रान्डको उत्पादन छाडेका थिए ।
भारतीय सेन्चुरी मसलाको टे«ेडमार्क दुगडले चोरी गरी दर्ता गरेको मुद्दामा उद्योग विभागले उनकै पक्षमा फैसला गरेको थियो । उद्योग विभागका महानिर्देशकलाई प्रभावमा पारी उनले आफ्नो पक्षमा फैसला गराएका थिए । दुगडले अनधिकृत रुपमा दर्ता गरेको ट्रेडमार्कको बिषयमा परेको मुद्दामा उद्योग विभागले आफ्नो पक्षमा फैसला गरेपछि अब उनी उच्च अदालतमा पुनरावेदन नगराउन भारतीय सेन्चुरी मसला पक्षलाई तर्साउँदैआएका छन् ।
राज्यमन्त्री दुगडले सेन्चुरी मसलाको ट्रेडमार्क पनि अनधिकृत रुपमा प्रयोग गरेको मुद्दा उद्योग विभागमा परेको थियो । भारतीय सेन्चुरी मसलाको टे«ेडमार्क दुगडले चोरी गरी दर्ता गरेको मुद्दामा उद्योग विभागले उनकै पक्षमा फैसला गरेको थियो । उद्योग विभागका महानिर्देशकलाई प्रभावमा पारी उनले आफ्नो पक्षमा फैसला गराएका थिए । दुगडले अनधिकृत रुपमा दर्ता गरेको ट्रेडमार्कको बिषयमा परेको मुद्दामा उद्योग विभागले आफ्नो पक्षमा फैसला गरेपछि अब उनी उच्च अदालतमा पुनरावेदन नगराउन भारतीय सेन्चुरी मसला पक्षलाई तर्साउँदैआएका छन् ।
ट्रेडमार्क चोरी गर्ने गिरोहमा को को ?
नेपालले २०७५ चैत १५ र १६ गते लगानी सम्मेलन सम्पन्न गरेको थियो । नेपाल लगानीको लागि सुरक्षित छ भनेर आश्वस्त पार्नका लागि सम्मेलन गरिएको थियो । नेपालमा लगानी गर्नका लागि ६ अर्ब रुपैयाँसम्म उद्योग विभाग, ६ अर्बभन्दा माथिका उद्योगहरू लगानीबोर्डबाट स्वीकृति लिनुपर्छ । नेपालमा लगानी गर्न आउने बहुराष्ट्रिय कम्पनीहरूले सबैभन्दा पहिला त ट्रेडमार्क दर्ता गर्नुपर्ने हुन्छ । तर, चर्चित अन्तर्राष्ट्रिय ब्रान्डको ट्रेडमार्क उद्योग विभागमा पहिला नै कसैले दर्ता गरिसकेको हुन्छ । यसरी अन्तर्राष्ट्रिय ब्रान्डको ट्रेडमार्क चोरी गरी दर्ता गर्ने काम उद्योग विभागबाटै हुने गरेको छ । चर्चित अन्तर्राष्ट्रिय उत्पादनको ट्रेडमार्क दर्ता गर्ने कैलाश गोयलहरूको एक समूह छ । उक्त समूहले चर्चित उत्पादनका ट्रेडमार्क उद्योग विभागका कर्मचारीसँग मिलेर पहिले नै दर्ता गर्ने गर्दछन् । नेपालको उद्योग विभागका कर्मचारीले घुस पाएपछि जुनसुकै अन्तर्राष्ट्रिय ब्रान्डको ट्रेडमार्क दर्ता गर्ने गरेका छन् । गोयलको पहुँच उद्योग विभागमा आउने हरेक महानिर्देशक र हरेक तहका अदालतका बिचौलियासम्म छ । न्यायाधीशका घर घरमा उनीहरु ब्रिफकेस लिएर पुग्ने गरेका छन् । ट्रेडमार्क चोरी गरी दर्ता गर्ने गिरोहका मुख्य नाइके गोयल नै हुन् । उनी ललिता निवास बालुवाटारको जग्गा गैरकानुनी दर्ता गर्ने मुख्य हर्ताकर्तामध्येकै हुन् । उनको नाममा ललिता निवासको करिब २० रोपनी जग्गा दर्ता भएको देखिन्छ । उनले जापानको चर्चित रङ कम्पनी कन्साई नेरोलिकको ट्रेडमार्क गैरकानुनी रुपमा दर्ता गरेको भेटिएको छ । कन्साई नेरोलिक नेपालमा सालिमार पेन्टस्सँग संयुक्त लगानी गर्न नेपाल आयो, टे«डमार्क दर्ता गर्न उद्योग विभाग जाँदा पहिले नै दर्ता भएको भनियो । कन्साई नेरोलिक उद्योग विभागमा मुद्दामा गयो, गोयलले आर्थिक चलखेल गरी जिते । सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । तर बर्षौसम्म पनि मुद्दाको टुंगो लाग्न सकेको छैन ।
सक्कली अन्तर्राष्ट्रिय उत्पादनका संचालकहरू नेपालमा लगानी गर्न आउँछन्, आफ्नो ट्रेडमार्क अर्कैले दर्ता गरिसकेको पाउँछन्. । कन्साई नेरोलिक र राजनिवास गुट्खा कम्पनीको टे«डमार्क पनि चोरी गरी दर्ता गरियो । राजनिवास गुट्खाको मुद्दा त सर्वोच्च अदालतबाट चोरी गरी ट्रेडमार्क दर्ता गर्ने गणपति टोबाकोको पक्षमा फैसला भइसकेको छ । वास्तविक राजनिवास कम्पनीको उत्पादन गर्दैआएको तेजराम धर्मपालले सर्वोच्च अदालतबाट मुद्दा हारेका छन् । भारतको धारा तेलकै ब्रान्ड हो भनेर त्यसको हुबहु ट्रेडमार्क चोरी गरी दर्ता गरेर केएल दुगडले नेपाली उपभोक्तालाई बिक्री गरिरहेका छन् । तर भारतको धारा तेलसँग नेपालको कुनै पनि सरोकार छैन । यी केही उदाहरण हुन् नेपालमा ट्रेडमार्क चोरीका । ट्रेडमार्क चोरी गर्नेहरुलाई राज्यले कारबाही गर्ने होइन, न्यायालयले उनीहरुकै पक्षमा फैसला गरेका कारण नेपालमा लगानी गर्न आउने बहुराष्ट्रिय कम्पनीहरू निरुत्साहित हुँदैआएका छन् । ट्रेडमार्क चोरीदेखि औद्योगिक वातावरण नभएकाले भारतीय सिमेन्ट उत्पादक कम्पनी रिलायन्स ग्रुप नेपालमा लगानी गर्नबाट हच्कियो । ४० अर्ब रुपैयाँ लगानी गरी दैनिक ७ हजार टन सिमेन्ट उत्पादन गर्ने प्रस्ताव गरेको रिलायन्सले नेपालमा उक्त ट्रेडमार्क अर्कैको नाममा दर्ता भइसकेको थाहा पाएपछि अन्तिम समयमा पछाडि हटेको थियो । उद्योग विभागमा ७ सयभन्दा बढी उद्योग तथा कम्पनीले ट्रेडर्माक चोरीको उजुरी दर्ता गराएका छन् । तर घुस विना कुनै पनि ट्रेडमार्कका मुद्दा टुंगो नलाग्ने गरेको गुनासो छ ।
नेपालको अदालतमा पानमसलाको ट्रेडमार्कलाई निकै उच्च मूल्यांकनमा हेर्ने गरेको पाइन्छ । शुद्ध प्लस ब्रान्डको टे«डमार्कको फैसला १ बर्षमा २ पटक भयो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले वास्तविक ट्रेडमार्कका हकदार विकास केडियाको पक्षमा फैसला गरेकी थिइन् ।
तर, ओमप्रकाश मिश्रले पुनरावलोकन गरी नक्कली उत्पादक वीरेन्द्र कनौडियाको पक्षमा फैसला गरे । कनौडियाले विकास केडियाले उत्पादन गर्दैआएको शुद्ध प्लसको टे«डमार्क चोरी गरी दर्ता गराएका थिए । तर न्यायालयले नै पूर्वसहायक मन्त्री कनौडियाको पक्षमा फैसला गर्दा वास्तविक ट्रेडमार्कका हकदार विकास केडिया अन्यायमा परेका छन् ।