Logo
Logo

घुसकाण्डमा गुठी संस्थामा प्रमुख प्रशासकसहित दुई पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ पुस ।
घुस काण्डमा गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।

संस्थानामा चलिरहेको जग्गासम्बन्धी मुद्दामा उनीहरुले गुठीको जग्गा गुठीमै कायम गर्न भनेर सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। पछि घुस रकम भने उनीहरुले फिर्ता गरेका थिए । घुस लिएका प्रमाणहरु भएपछि आयोगले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्