काठमाडौं, २ पुस । गायक तथा संगीतकार जितेन बान्तवा राईको ‘मेरो कथा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द रचना रामशोभा राईको रहेको छ । पुष्कर सुनुवारको सगीत संयोजन रहेको ‘मेरो कथा’को भिडियोमा हाँस्य कलाकार उमेश राई ‘फुलन्देको आमा) र रश्मी भट्टले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्मा छायाँकन र मोहन सुनुवार सम्पादन रहेको भिडियोलाई निर्देशन जितेनले नै गरेका हुन् ।
उक्त गीतको भिडियोमा गुल्मीस्थित छत्रकोट गाउँपालिका एउटै घरका चारजना जन्मजात नै अपांग भएका भुपाल थामी बलबहादुर थामी, रामबहादुर थामी र छोरी देवीमायाको पनि मार्मिक अभिनय रहेको छ । गायक संगीतकार जितेनले उनीहरुको जीबन चर्यालाई गीतको माध्यमबाट चित्रण गर्ने प्रयास गरेका छन् । सार्वजनिक गीतको भिडियोमा फुलेन्देको आमाले अरुबेला भन्दा फरक भूमिकामा अभिनय गरेका छन् ।