एजेन्सी । भारतीय प्रहरीले प्रवेश शुक्ला नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । अर्का एक व्यक्तिलाई पिसाब गरिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सिधि जिल्लाबाट उनलाई पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा उक्त भिडियो निकै भाइरल भइरहेको छ । जसमा मादक पदार्थ सेवन गरेको व्यक्तिले अर्का आदिवासी पुरुषमाथि पिसाब गरिरहेको देख्न सकिन्छ ।
उनी भारतीय जनता पार्टीका युवा नेता हुन् । उनीविरुद्ध राष्ट्रिय सुरक्षा ऐन, एससी÷एसटी ऐन र भारतीय दण्ड संहिताका अन्य धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।