Logo
Logo

लक्ष्मी सनराइजले पायो एकीकृत कारोबारको अनुमति


3.5k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी र सनराइज बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै लक्ष्मी सनराइज बैंकको नामबाट आगामी बिहीबारबाट एकीकृत कारोबार सुरु गर्ने तयारी गरिएको हो ।

सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको नाम नयाँ बनेको सञ्चालक समितिबाट हटाएपछि राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई एकीकृत कारोबार गर्न स्वीकृत दिएको हो । दुगडको नाम हटाउँदै सनराइजले नयाँ नाम प्रस्ताव गरेसँगै राष्ट्र बैंकले गाबिन अन्तिम स्वीकृत दिएको हो ।

नयाँ बन्ने सञ्चालक समितिमा लक्ष्मीबाट रमन नेपाल, मनिस थापा र स्वाति रुगटा छन् भने सनराइजबाट बच्चराज टेडार र मालचन्द्र दुगड छन् ।

लक्ष्मी सनराइजको सञ्चालक समितिमा विद्या बस्याल स्वतन्त्र सञ्चालक छन् । आपसमा गाबिएर बनेको लक्ष्मी सनराइजमा हाल लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाहले निरन्तरता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्