काठमाडौं । नेपाल प्रहरीलाई पेशागत रूपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न कार्ययोजना-२०८० सार्वजनिक गरिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आज (शुक्रबार) आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् । चैत्र १० गते आईजीपी नियुक्त भएका कुँवरले साढे तीन महिनापछि कार्ययोजना सार्वजनिक गरेका हुन् ।
नेपालको संविधानबमोजिम प्रहरी संगठनको पुनसंरचना, सुदृढीकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासका लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको उद्देश्य रहेको बताइएको छ । उक्तकार्ययोजना साउनबाट लागू हुनेछ ।
यस्ता छन् मुख्य १३ लक्ष्य
१. प्रहरी कर्मचारीको संघीय संरचना अनुरूप समायोजन गर्ने ।
२. विद्यामान कानून तथा नीतिमा सयम सापेक्ष सुधार गर्ने ।
३. नेपाल प्रहरीको इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने
४. नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण गर्ने ।
५. विशिष्टीकृत तथा वैज्ञानिक अपराध प्रणालीको विकास गर्ने ।
६. शान्ति सुरक्षा तथा प्रहरी कारबाही व्यवस्थापनमा प्रभावकारी अभिवृद्धि गर्ने
७. प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गर्ने ।
८. नेपाल प्रहरीको खोज तथा अन्वेषण र अनुगमन तथा मूल्याङ्कन पद्धतिको सुदृढीकरण गर्ने
९. नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा अभिवृद्धि गर्ने ।
१०. प्रहरी जनशक्ति व्यवस्थापन तथा सुदृढीकरण गर्ने ।
११. वैज्ञानिक र आवश्यकतामा आधारित प्रशिक्षण प्रणाली विकास गर्ने ।
१२. भौतिक पूर्वाधारको विकास तथा स्रोत साधनको समुचित व्यवस्थापन गर्ने
१३. कल्याणकारी योजनाहरूको क्षेत्र र पहुँच अभिवृद्धि गर्ने ।