Logo
Logo

तराईमा शीतलहर, तीन स्थानीय तहको ४२ विद्यालय बन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

सप्तरी, ६ पुस । तराईका जिल्लाहरुमा दिनदिनै चिसो बढिरहेको छ । शीतलहरका कारण अत्यधिक चिसो बढेसँगै सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।
राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आइतबारजदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । यससँगै राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएका छन् ।
सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बन्दको निर्णयपछि सोमबारसम्मका लागि सप्तकोशी नगरपालिकाका सात आधारभूत र चार माध्यमिक विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए ।

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्