Logo
Logo

अपहरणमा परेकी इला जंगलमा भेटिइन्, अध्यक्ष सम्पर्कविहीन


- दृष्टि न्युज/संवाददाता

0
Shares

दैलेख, ६ पुस । शनिबार अपहरहणमा परेकामध्ये गाउँपालिका अध्यक्षकी दम्पतीमध्ये पत्नी इला शाही भेटिएकी छन् । कर्णाली प्रदेशका प्रहरीका अनुसार अपहरण गरेर लैजाने समूहले इला शाहीलाई जंगलमा छाडिएको छ ।
दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी पत्नी इला शाही शनिबार अपहरणमा परेका थिए । अध्यक्ष शाहीको पनि अझै छन् । शनिबार राति १२ बजेतिर २०÷२५ जनाको समूहले अध्यक्ष शाही र उनकी पत्नी इलालाई घरबाटै अपहरण गरेका थिए । उनीहरुलाई विप्लव समूहले अपहरण गरेको आशंका गरिएको छ । उनीहरु अपहरणमा परेलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको थियो ।
अध्यक्ष शाहीको अहिलेसम्म पत्ता लागेका छैनन् । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले घटना जानकारीमा आएपनि कसले अपहरण गरेको भनी पुष्टि नभएको बताए । आज सुरक्षा समितिको बैठक बसी अपहरितको खोजी तीव्र पारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्